कञ्चनपुरमा सर्पको बिगबिगी, स्थानीय त्रसित

प्रकाशित मिति: ८ कार्तिक २०७४, बुधबार ०८:५७


कञ्चनपुर, कार्तिक ८ ।
कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा चार दिनदेखि विषालु सर्पको बिगबिगी बढेको छ ।

लगातार सर्प देखिन थालेपछि स्थानीय त्रसित भएका छन् । लगातार सर्प देखिन थालेपछि जनजीवन त्रसित भएको गाउँपालिकाका सव इञ्जिनियर तेजबहादुर सुनारले बताउनुभयो । उहाँका अनुसार कात्तिक २ गते लक्ष्मी पूजाको दिन गाउँपालिका–२ गौरीटोल निवासी २५ वर्षीया शारदा थापाको सर्पको टोकाइले ज्यान गएको छ ।

यसैगरी, वडा नं २ कै २३ वर्षीय सेतु बुढा सर्पको टोकाइले अस्पताल भर्ना भएका छन् । उनको भारतको खटिमामा उपचार भइरहेको छ ।

सर्पको बिगबिगी बढेपछि पूरै गाउँ भयभित हुँदै आएको छ । अझै निरन्तर ठाउँठाउँमा विषालु सर्प देखिने क्रम जारी रहेको छ ।

बेल्डाँडीमा रहेको स्वास्थ्य चौकीमा सर्पदंशको औषधि एन्टीस्नेक भेनम नहुँदा उपचारका लागि सदरमुकाम महेन्द्रनगर वा धनगढी लैजानुपर्ने बाध्यताले गर्दा पनि सर्पदंश बिरामीले अकालमै ज्यान गुमाउनुपरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

गाउँलेले यथाशीघ्र सर्पदंश उपचारका लागि एन्टीस्नेक भेनम औषधिको व्यवस्था गरी दिन माग गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

कामपा प्रहरी प्रमुख पाण्डेकाे निलम्बन कार्यान्वयन नगर्न अदालतकाे आदेश, काम गर्न दिनु

काठमाडाैं, असार ४ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....