भारतीय पुलिसको अर्को ज्यादति, नेपाल भित्रै आएर नेपाली माथी निर्घात कुटपिट

प्रकाशित मिति: ८ कार्तिक २०७४, बुधबार ०९:२७


एजेन्सी, कार्तिक ८ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा महोत्तरीको मटिहानी गाविसमा दुईजना नेपाली निर्घात कुटिएका छन् ।

सोमबार दिउँसो करिब ३ बजेको समयमा भारत विहारको मधुबनी जिल्लाअन्तर्गत पर्ने मधवापुरमा सीमा सुरक्षाका लागि खटिरहेका एसएसबीका जवानले नेपालतर्फ मटिहानी–७ मा प्रवेश गरी स्थानीयवासी गणेश चौधरी र महेश महतोलाई निर्घात कुटपिट गरेका हुन् ।

एसएसबीले उनीहरुलाई लट्ठी र बुटले कुटेपछि उनीहरू गम्भीर घाइते भएका छन् भने उनीहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ । मधवापुर बजारबाट दुईजना

भारतीय नागरिक तस्करी गरी दुई बोरा सिमेन्ट बोकेर नेपाल प्रवेश गर्न लाग्दा एसएसबीले सीमामा उनीहरूलाई रुक्न भनेका थिए भने उनीहरू त्यहाँबाट भागेर नेपाल प्रवेश गरी मटिहानी–७ बाट अचानक बेपत्ता भएका थिए ।

यसैबीच, मटिहानी–७ स्थित आफ्नो घरबाहिर बसिरहेका गणेश चौधरी र महेश महतोलाई नै एसएसबीले तस्करीमा संलग्न रहेको भन्दै निर्घात कुटपिट गरेको पीडितले बताएका छन् ।

यसले गर्दा मटिहानी र मधवापुरको सीमा नाकामा स्थानीय र एसएसबीबीच तनाव पैदा भएको छ । सो सीमा नाका दिउँसोदेखि अवरुद्ध रहेको थियो ।

 


प्रतिक्रिया

ताजा खबर

More

कामपा प्रहरी प्रमुख पाण्डेकाे निलम्बन कार्यान्वयन नगर्न अदालतकाे आदेश, काम गर्न दिनु

काठमाडाैं, असार ४ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....