आजबाट ‘एसईई’ परीक्षा सुरु, नियम मिचे कारबाही

काठमाडौं, चैत्र ३ ।
यो वर्षबाट एसएलसी परीक्षालाई खारेज गरी एसईई अर्थात माध्यमिक शिक्षा परिषद् कक्षा १० को परीक्षा आजबाट सुरु भएको छ भने परीक्षाको प्रक्रिया लेटर ग्रेटिङ प्रणालीमा हुने भएको छ ।
यसैबीच, परीक्षाको क्रममा कोही–कसैले नियम विपरीत चिट चोर्ने वा चोराउन सहयोग गर्नेलाई ठाउँको ठाउँ नै कडा कारबाहीसमेत गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीकाअनुसार यो वर्ष परीक्षा व्यवस्थित बनाउन तीन वटा अनुगमन समितिसमेत गठन गरिएको छ ।
प्रतिक्रिया