डन गणेश लामा कांग्रेसबाट चुनाव लड्ने

काठमाडौं, कार्तिक ८ ।
डन गणेश लामा नेपाली कांग्रेसबाट चुनाव लड्ने भएका छन् । फोरम लोकतान्त्रिकको एकतामा आएपछि कांग्रेस काभ्रेको नेताहरूको सूचीमा लामा पनि थपिएका हुन् ।
उनले प्रतिनिधिसभा क्षेत्र नं. १ कै टिकट दाबी गरेका छन् । तर, प्रदेशसभामा जाने सम्भावना छ । प्रतिनिधिसभाको क्षेत्र नम्बर १ मा तीर्थ लामालाई टिकट दिने तयारी छ ।
प्रतिनिधिसभा क्षेत्र नं.२ मा कांग्रेसबाट जिल्ला सभापति मधुप्रसाद आचार्य उम्मेदवार हुनेछन् । जिल्लाबाट आचार्यसँगै कन्चनचन्द्र वादेको नाम सिफारिस भएको थियो ।
काभ्रे कांग्रेसले प्रदेशसभाका लागि क्षेत्र नं. १ को क मा सीबी लामा, दिनेश लामा, शंखबुद्ध लामा र दिनेश भुर्तेल लगायतको नाममा सिफारिस गरेको छ । त्यस्तै प्रदेशसभा क्षेत्र नं. १ ख मा तिर्थ पसखल, इन्द्रमणी अधिकारी, इश्वरी ओझा लगायतको नाम सिफारिस गरेको छ ।
सम्पत्ति शुद्धीकरणको मुद्दा झेलिरहेका गुण्डा नाइके लामा टिकटका दाबेदार हुन् ।
प्रतिक्रिया