ललितपुरकाे ग्वार्काेमा बसले कार र टेम्पाेलाई ठक्कर दिँदा ६ जना घाइते

काठमाडाैं, असार ४ ।
ललितपुर महानगरपालिकाको ग्वार्कोमा महानगर यातायातको बसले कार र टेम्पोलाई ठक्कर दिएको छ । निर्माणाधीन ओभरपाससँगै बा. ४ ख ११९ नम्बरको बसले बा. १ ह ३९१८ नम्बरको टेम्पो र बिएई ११९७ नम्बरको कारलाई ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
टेम्पुमा सवार ६ जना घाइते भएका छन् । उनीहरूको बी एण्ड बी अस्पतालमा उपचार भइरहेकाे छ । दुर्घटनामा परेर टेम्पो चालक ओखलढुङ्गा घर भएका ४२ वर्षीय जित बहादुर मगर, टेम्पोमा सवार कैलाली घर भएर इमाडोल बस्ने २८ वर्षीया रश्मी धमला, रामेछाप घर भएका ३२ वर्षीय सन्तोष सुनुवार, कैलाली घर भएकी हेमन्ती बिष्ट र टेम्पो चालककी पत्नी ४२ वर्षीया सिता मगर घाइते भएका छन् ।
कारमा सवार कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी घरकी ५३ वर्षीया चरिमाया तामाङ पनि घाइते भएकी छन् । त्यस्तै, टेम्पोमा सवार रामेछाप घर भएकी २८ वर्षीया समरिया सुनवार र मकवानपुर घर भएका ४५ वर्षीय विजय लामा घाइते भएका छन् ।
प्रतिक्रिया