मंसिर २१ गतेको निर्वाचनका लागि उम्मेदवार तय गर्दै कांग्रेस

प्रकाशित मिति: ८ कार्तिक २०७४, बुधबार १४:५५


काठमाडौं, कार्तिक ८ ।
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले दोश्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि पार्टीका उम्मेदवार तय गर्न छलफल तीव्र बनाएको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको पार्टीको केन्द्रीय संसदीय समिति बैठकमा जिल्लाबाट सिफारिश भइआएका सूचीमध्येबाट उम्मेदवार बनाउने गरी छलफल प्रारम्भ भएको नेता डा.प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा चुनावी तालमेल गर्ने दलसँग आवश्यक परामर्श गरी व्यवस्थापन गरिनेबारेमा समेत छलफल भएको जानकारी दिँदै डा.महतले भने, चाँडोभन्दा चाँडो उम्मेदवारको टुंगो लाग्छ ।

आगामी मंसिर १० गते हुने निर्वाचनका लागि यहीँ कार्तिक ५ गते दलहरूले मनोनयन दर्ता गरिसकेका छन् भने मंसिर २१ गते हुने दोश्रो चरणको निर्वाचनका लागि कार्तिक १६ गते मनोनयन दर्ता गर्ने निर्वाचन तालिका छ । पार्टीले आसन्न निर्वाचनको तयारीका लागि नेता बालकृष्ण खाँडको संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति गठन गरिसकेको छ । निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार गरी अन्तिम रूप दिइएको छ ।

पार्टीको संसदीय समिति र पदाधिकारीको मंगलबार बसेको बैठकले नेता महेश आचार्य नेतृत्वको घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्रको खाकामा आवश्यक सुझाव समेटी अन्तिम रूप दिइसकेको छ । घोषणापत्रमा केही सामान्य शब्दावली सुधारपछि सम्भवतः आजै छपाइका लागि पठाइने पार्टी कार्यालयका सचिव प्रेम केसीले बताए ।


प्रतिक्रिया

ताजा खबर

More

कामपा प्रहरी प्रमुख पाण्डेकाे निलम्बन कार्यान्वयन नगर्न अदालतकाे आदेश, काम गर्न दिनु

काठमाडाैं, असार ४ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....