रेग्मीद्वारा मुख्य सचिवको कार्यभार सम्हाल्दै

प्रकाशित मिति: ८ कार्तिक २०७४, बुधबार १५:३१


काठमाडौं, कार्तिक ८ ।
नवनियुक्त मुख्य सचिव लोकदर्शन रेग्मीले संविधान कार्यान्वयन र यसका भावना एवं मर्मअनुरूप निजामती सेवालाई समर्पित गराउन ध्यान दिइने बताएका छन् ।

आजदेखि आफ्नो पदको कार्यभार सम्हाल्दै उनले भने, ‘मेरो मुख्य दायित्व र काम सरकारका नीतिनिर्णयलाई कार्यान्वयन गर्न सहजीकरण गर्नु हो, म यहीँ कामका दत्तचित्त रहन्छु, यहीँ नै मेरो प्राथमिकता हो ।’

मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले रेग्मीलाई निजामती प्रशासनको सर्वाेच्च पद मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्री थिए । मुख्य सचिवमा नियुक्ति हुनुअघि रेग्मी गृहसचिव थिए ।

मुख्य सचिवले रेग्मीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सेवालाई अझ चुस्त एवं व्यवस्थित बनाउन र यसका सांगठनिक पुनरवलोकन गर्न अध्ययन समिति गठनसम्बन्धी फाइलमा हस्ताक्षर गरी सदर गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय सुधार हेर्ने सचिवको संयोजकत्वमा सो समिति गठन गरिएको हो ।

सो समितिलाई आफ्नो काम सुरु गरेको दुई महिनाभित्र प्रतिवेदन तयार गर्न कार्यादेश दिइएको छ । मुख्यसचिव रेग्मीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव एवं विभिन्न मन्त्रालयका विशिष्ट श्रेणीका कर्मचारीले स्वागत गरेका थिए ।

 


प्रतिक्रिया

ताजा खबर

More

कामपा प्रहरी प्रमुख पाण्डेकाे निलम्बन कार्यान्वयन नगर्न अदालतकाे आदेश, काम गर्न दिनु

काठमाडाैं, असार ४ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....