प्रधानमन्त्री देउवाद्वारा चिनियाँ नेता सिलाई बधाई

प्रकाशित मिति: ८ कार्तिक २०७४, बुधबार १९:०३


काठमाडौं, कार्तिक ८ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ राष्ट्रिय कांग्रेस सफलतापूर्वक सम्पन्न भएकामा र पार्टी महासचिव पदमा पुनः निर्वाचित हुुनु भएकामा जनगणतन्त्र चीनका राष्ट्रपति सि जिनपिङलाई आज बधाई ज्ञापन गरेका छन् ।

बधाई सन्देशमा प्रधानमन्त्री देउवाले सिको महासचिव पदमा दोश्रो पटकको विजय चिनियाँ जनता र चिनियाँ कम्युनिस्ट पार्टीले उनको गतिशील नेतृत्वप्रति दर्शाएको ठूलो विश्वासको संकेत हो भनेका छन् ।

चिनियाँ जनताको सामाजिक–आर्थिक तथा प्रविधिगत विकास र जीवनस्तर सुधारमा चीनले अभूतपूर्व प्रगति हासिल गरेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले ‘सम्पूर्ण मानवका लागि साझा गन्तव्य पछ्याएका विश्व समुदाय’ र आर्थिक

समृद्धिका लागि राष्ट्रहरुबीच बृहत्तर सहयोगबारेको चिनियाँ नेता सिको दृष्टिकोणको सराहना गरेको छ ।  आउँदा दिन नेपाल–चीन द्विपक्षीय सम्बन्ध विविध पक्षबाट झागिँदै जाने र नयाँ उचाइमा पुग्ने विश्वास पनि प्रधानमन्त्री देउवाले व्यक्त गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

कामपा प्रहरी प्रमुख पाण्डेकाे निलम्बन कार्यान्वयन नगर्न अदालतकाे आदेश, काम गर्न दिनु

काठमाडाैं, असार ४ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....