गोकुलपुर घटनाको डिआजीद्वारा छानबिन हुने भएपछि स्थानीय आशावादी

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहीबार ०६:४५


काठमाडौं, कार्तिक ९ ।
गत शनिबार बेलौरी नगरपालिका स्थित गोकुलपुर बजारमा भएको घटनाका दोषीहरूको खोजी र कानुनी कार्वाहीका लागि नेपाल प्रहरी सक्रियताका साथ लागेको छानबिनका क्रममा बेलौरी पुगेका नेपाल प्रहरीका डिआइजी शरद चन्दले बताएका छन् ।

भाइ टिकाका दिन बेलौरीको गोकुलपुर स्थित पुलहाउसमा भएको साँघातिक हमलाको स्थानीय द्वारा चर्को बिरोध र प्रहरी प्रशासनको लापरबाही भन्दै आक्रोश व्यक्त गरिएको ५ दिन पछि घटनाको छनबिनमा प्रहरीको उच्च पदस्थ अधिकारीका रूपमा डिआइजी चन्द पुगेका हुन् ।

घटनाको छनबिनमा बेलौरी पुगेका डिआइजी चन्दले घटनामा संलग्न ब्यक्तिहरू पानी मुनि भए पनि प्रहरीले पक्रेर कानुनी दायरामा ल्याउने बताए । सामाजिक सदभावना कायम पार्न र सामाजिक सुरक्षा ब्यबस्था सुदृढ बनाउन प्रहरी कटिबद्ध रहेको छ । दोषी माथी कारवाही गर्न प्रहरीले तदारुकता नदेखाएको भन्दै आक्रोशित बनेका घाईतेका आफन्त र स्थानीय बासिन्दाले सोमबार बेलौरी र गोकुलपुर बजार बन्द गराई प्रहरी प्रशासन विरुद्ध आक्रोश पोखेका थिए ।

भाइ टिकाको राती गोकुलपुर स्थित एक पुलहाउसमा समुहमा आएका ब्यक्तिहरूले अंधाधुन्ध धारिलो हतियार प्रहार गरि गोकुलपुरका सुरेश खड्का, सुरेन्द्र शाही, पुष्प कुँवर, सुदिप खड्का लगायत दर्जनौ घाइते भएका थिए । सो घटनाको बिरोध चर्किए पछि बुधबार नेपाल प्रहरीका उच्च पदस्थ अधिकारी डिआइजी चन्द बेलौरी पुगेका हुन । प्रहरीले दोषीहरूलाई खोज तलास गरि कार्वाही अघि बढाइ शान्ती सुरक्षा दरिलो पार्न लागि सकेको डिआजी चन्दले बताए ।

घटनाको छानबिनमा बेलौरी पुगेका डिआइजी चन्दले इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती,ईलाका प्रहरी कार्यालय बेल्डाँडी र बेलौरीका प्रहरी प्रमुखहरुलाई घटनामा संलग्नहरूको खोजी र शान्ती सुरक्षा अबिलम्ब सुदृढ बनाउन निर्देशन समेत दिएका थिए ।

चाँडबाडका बेला बढेको अपराधिक कृयाकलाप नियन्त्रणमा प्रहरीले सक्रियता नदेखाएको आरोप खेपी रहेका बेला प्रहरीका उच्च पदस्थ अधिकारीको बेलौरीमा आगमन भएको हो ।

बुधबार बेलौरी पुगेका नेपाल प्रहरीका डिआइजी चन्दले सुरक्षा ब्यबस्था सुदृढ र चुस्त बनाइ शान्ती सुरक्षा बलियो बनाउने प्रतिबद्धता जनाएका थिए । जिल्लाको सिमान्त दक्षिणी यस क्षेत्रमा बिगत केही समय यता अपराधिक गतिविधिमा वृद्धि हुँदै आएको थियो । उक्त घटनामा चौतर्फी प्रहरीको आलोचना बढे पछि बुधबार डिआइजी पुगे पछि शान्ती सुरक्षाको स्थितिमा सुधार आउनेमा स्थानीयले आश गरेका छन् ।

 


प्रतिक्रिया

ताजा खबर

More

कामपा प्रहरी प्रमुख पाण्डेकाे निलम्बन कार्यान्वयन नगर्न अदालतकाे आदेश, काम गर्न दिनु

काठमाडाैं, असार ४ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....