कम्युनिष्ट नेता ‘कमल बा’को ८९ वर्षको उमेरमा निधन

प्रकाशित मिति: ३ चैत्र २०७३, बिहीबार १०:२३


काठमाडौं, चैत्र ३ ।
नेकपा (एमाले)का नेता कमल महर्जन अर्थात ‘कमल बा’को बुधबार ८९ वर्षको उमेरमा निधन भएको छ ।

उनले विक्रम सम्वत् २०३६ सालमा सम्पन्न भएको अखिलको पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका थिए । एमालेमा आबद्ध हुनुभन्दा अघि उनी पुष्पलालको पार्टीमा आबद्ध थिए भने पछि ०४६ सालदेखि एमाले पार्टीमा निरन्तर आबद्ध भएर जीवनको अन्तिम समयसम्म सक्रिय भूमिका निभाउँदै आएका थिए ।

कीर्तिपुर नगाउँ निवासी महर्जनको पार्थिव शरीरमा एमाले नेता सुरेन्द्र मानन्धरले पार्टीको झण्डा ओढाएका थिए । नेता ‘कमल बा’ का एक श्रीमती, तीन छोरी र दुई छोरा छन् । भूमिगत कालमा छोरी न्हुच्छे महर्जन र जेठा छोरा इन्द्र महर्जन पनि सक्रिय थिए भने न्हुच्छे महर्जन अखिल नेपाल महिला संघकी नेतृ समेत थिइन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....