सुनिलसँगको झगडापछि कपिलले आत्महत्याको सोच बनाए

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहीबार ०७:१२


एजेन्सी, कार्तिक ९ ।
पछिल्ला केही महिनाबाट कपिल शर्मा निकै नै तनावपूर्ण अवस्थामा गुज्रेका छन् । उनले विभिन्न विवादपछि केही दिन टिभी शोबाट ‘ब्रेक’ लिएका थिए ।

हालै कपिलले बहुचर्चित फिल्म ‘फिरंगी’ को ट्रेलर रिलिज गरेका छन् । फिल्मको ट्रेलर रिलिजका दौरन उनले सुनिल ग्रोबरसँग भएको झगडाका बारेमा धेरै कुरा सार्वजनिक गरेका छन् । कपिलका अनुसार सुनिलसँगको झगडापछि उनले अत्याधिक मदिरा सेवन गरेको बताए । उनको जीवनमा एकाएक परिवर्तन आएको थियो । एक पटक कपिलले आत्महत्या गर्ने सोच समेत बनाएका थिए ।

उनले ‘मिड डे’ लाई दिएको अन्तरवार्तामा भनेका छन्, ‘‘मलाई मेरो एक जना साथीले समुन्द्री दृश्यावलोकन गर्न मिल्ने आफ्ना घरमा बस्न कर गरे । जब मैले उनको घरमा बस्न सुरु गरे । मलाई कयौं पटक बालकोनीबाट हाम फालेर आत्महत्या गर्ने मन लाग्यो । त्यो बेला म अत्यन्तै डिप्रेशनमा थिए ।’’
सुनिलसँगको लडाई पछि कपिललाई एक पछि अर्को व्यक्तिले उनको साथ छोड्न सुरु गरेका थिए । उनी यतिसम्म गर्न पुगेकी उनले मदिरालाई आफ्नो साथी बनाए ।

जसको प्रभाव उनको टिभी शो मा पनि देखियो । कपिलले नौकरको संज्ञा दिँदै मुखमा जुत्ता हानेपछि सुनिलले उनीसँगको सम्बन्ध तोडेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

कामपा प्रहरी प्रमुख पाण्डेकाे निलम्बन कार्यान्वयन नगर्न अदालतकाे आदेश, काम गर्न दिनु

काठमाडाैं, असार ४ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....