मोरङ कारागारका कैदी मानसिक रोगबाट पीडित

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहीबार १०:३३


मोरङ, कार्तिक ९ ।
मोरङ कारागारमा विभिन्न मुद्दामा सजाय भुक्तान गर्दै आएकामध्ये ४२ जनामा मानसिक रोग देखिएको छ ।

कारागार प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार विगत पाँच वर्षको अबधिमा यहाँ मानसिक रोगी बढेर ४२ जना पुगेका छन् । तीमध्ये तीन महिला छन् । कारागार प्रशासनले उनीहरुलाई बेलाबेलामा कोशी अञ्चल अस्पताल लगेर मानसिक रोग विशेषज्ञ डा रोशन पोखरेलबाट उपचार गराउँदै आएको छ ।

कोशी अञ्चल अस्पतालका मानसिक रोग विशेशज्ञ डा. रोशन पोखरेलले कारागारका मानसिक रोगी उपचारका लागि आइरहने बताउँदै यकिन संख्या यति हो भन्न नसकिने बताए ।

ती मानसिक रोगीमा झोक्र्याउने, त्रसिने, झस्किने र एक्लै बर्बराउने समस्या देखिएको उनले बताए ।

चार सय कैदीबन्दी अटाउने क्षमता रहेको सो कारागारमा अहिले ७५५ कैदीबन्दी छन् ।


प्रतिक्रिया

ताजा खबर

More

कामपा प्रहरी प्रमुख पाण्डेकाे निलम्बन कार्यान्वयन नगर्न अदालतकाे आदेश, काम गर्न दिनु

काठमाडाैं, असार ४ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....