थाईल्याण्डका राजा भुमिबोलको आज अन्त्येष्टि

एजेन्सी, कार्तिक ९ ।
गत वर्ष निधन भएका थाईल्याण्डका राजा भुमिबोल अलुल्यादेजको आज विशाल समारोहका बीच अन्त्येष्टि गरिँदैछ ।
ठुलो संख्यामा सर्वसाधारण राजधानी बैककमा जम्मा भएका छन् । ८८ वर्षको उमेरमा निधन भएका राजा भुमिबोललाई आधुनिक थाईल्याण्ड निर्माणका निम्ति योगदान र्पुयाएको भन्दै सर्वसाधारणले सम्मान गर्ने गर्दछन् । २ लाख ५० हजार भन्दा बढी सर्वसाधारणले बौद्ध धर्म अनुसार हुने अन्तिम संस्कार कार्यक्रममा सहभागीता जनाउने छन् ।
विभिन्न ४० देशका राजपरिवार तथा उच्चस्तरीय व्यक्तिले समारोहमा राजा भुमिबोलको अन्तिम संस्कार कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया