के हुँदैछ पेट्रोलियम पाइपलाइन विस्तार कार्य ?

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहीबार १२:२५


काठमाडौं, कार्तिक ९ ।
लामो समयदेखि चर्चामा रहेको मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तार कार्य अगाडि बढाइने भएको छ ।
इन्डियन आयल कर्पोरेसनले यसका लागि आवश्यक पर्ने सबै काम अन्तिम चरणमा पुरयाएसँगै विस्तार कार्य अगाडि बढ्न लागेको हो ।

आइओसीले कन्स्ट्रक्सन, पाइप उत्पादन, पम्प हाउस (विद्युतीय सामान) र इन्स्टुमेसन गरी चार खण्ड गरेर काम गरिसकेकाले विस्तारको काम अगाडि बढ्न लागेको नेपाल आयल निगमले जानकारी दिएको छ ।

निगमका अनुसार,
पाइपलाईन बिस्तारको काम अगाडि बढ्न लागेको छ ।
आइओसीले आफ्नो तर्फबाट सबै तयारीको काम गरिरहेको छ ।
आगामी नोभेम्बर भित्र पाइप भित्रिसक्ने छ ।
अनि विस्तारको काम अगाडि बढ्ने छ ।

अमलेखगन्जदेखि पथलैयासम्म सडकको बाटोमा १२ हजार रुख काट्नुपर्ने अध्ययनले देखाएको छ ।
बाटोमा पर्ने ८ सय ९ बटा सबजुलीको पोल हटाउनुपर्ने छ । (२ सय वटा हटाइसकिएको छ ।)

पहिलो चरणमा मोतीहारीबाट रक्सोलसम्म ३५ र रक्सोलबाट अमलेखगन्जसम्म ३७ गरी ७२ किलोमिटर पाइपलाईन बिच्छ्याइने छ ।

दोस्रो चरणमा चितवनसम्म विस्तार गर्न आइओसी तयार भएको निगमले जनाएको छ ।
आजको कारोबारमा खबर छ ।

 


प्रतिक्रिया

ताजा खबर

More

ललितपुरकाे ग्वार्काेमा बसले कार र टेम्पाेलाई ठक्कर दिँदा ६ जना घाइते

काठमाडाैं, असार ४ । ललितपुर महानगरपालिकाको ग्वार्कोमा महानगर यातायातको बसले कार र टेम्पोलाई.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....