‘आसन्न निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि पार्टीसँग तालमेल नगर्ने’ : अध्यक्ष बिजुक्छें

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहीबार १२:३७


भक्तपुर, कार्तिक ९ ।
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आसन्न निर्वाचनमा आफ्नो पार्टीले कुनै पार्टीसँग तालमेल नगर्ने बताएका छन् ।

आज भक्तपुरमा नगर स्तरीय अन्तर विद्यालय खेलकूद प्रतियोगिताको उद्घाटन गर्दै सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै बिजुक्छेंले बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आफूहरूसँग चुनावी तालमेल आउन आग्रह गरे पनि आफनो पार्टी एक्लै दुबै तहको निर्वाचन लड्ने तयारी गरेको स्पष्ट पारे ।

पुँजीवादी पार्टीका क्रियाकलापलाई खण्डन गर्दै बिजुक्छेंले नेमकिपा प्रदेश र संघीय निर्वाचनमा कुनै पनि पार्टीसँग निर्वाचन तालमेल नगर्ने उनको भनाइ छ । थ्रेस होल्डको विरोध गर्दै उनले राष्ट्रिय हितका बारेमा आफ्नो बहस छलफल गर्दै आएकाले सधै आफ्नो पार्टी राष्ट्रिय पार्टी भएको दाबी गरे ।

केही दिनअघि नेपाली कंग्रेसका नेता विमलेन्द्र निधिले विजुक्छें निवास पुगेर लोकतान्त्रिक गठबन्धनमा नेमकिपालाई आउन आग्रह गरेका थिए । त्यस क्रममा कांगे्रसले भक्तपुरका क्षेत्र नम्बर २ र चाँगु नारायण नगरपालिका मागेको खुलासा गरे । त्यस्तै, भक्तपुर भएको एक कार्यक्रमा पुर्व उद्योग मन्त्री महेश बस्नेतले वाम गठबन्धनमा आउन आग्रह गरेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

कामपा प्रहरी प्रमुख पाण्डेकाे निलम्बन कार्यान्वयन नगर्न अदालतकाे आदेश, काम गर्न दिनु

काठमाडाैं, असार ४ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....