छठलाई पनि छाडेन छुवाछुतले

प्रकाशित मिति: १० कार्तिक २०७४, शुक्रबार ०७:१४


रौतहत, कार्तिक १० ।
गौर, चन्द्रपुर ५ स्थित चाँदी नदीको घाटमा स्थानीयले लामो टेन्ट टाँगेका छन्। तर, टेन्टभित्र दलित र गैरदलितले छुट्टाछुट्टै पूजास्थल बनाएका छन्।

तराई–मधेसका नदी किनार तथा पोखरी, तलाउहरूमा धुमधामका साथ छठ पर्व मनाइँदै छ। छठ मान्न भक्तालुको भीड लागे पनि पूजाका लागि भने जातअनुसारको स्थान छुट्ट्याइएको छ। रौतहटका अधिकांश स्थानमा छुवाछूतका कारण छठघाटहरूमा पूजा एकै ठाउँमा भएका छैनन्।

चाँदी किनारको राजपैडामा बस्दै आएका चमार, मुसहर समुदायले छुट्टाछुट्टै स्थानमा छठपूजा गरेका छन् । राजपैडाको छठघाटमा दुई घर चमार र २४ घर मुसहरले छुट्टै पूजा गरे।

वर्षौंदेखि एउटै टोलमा बस्दै आए पनि छठ यसरी नै मनाउँदै आएको स्थानीय माझी मुसहरले बताए। छुवाछूतको भावना अझै रहेकाले छुट्टाछुट्टै पूजा हुने गरेको नेपाल राष्ट्रिय मुसहर उत्थान समाजका केन्द्रीय उपाध्यक्ष नथुनी माझी मुसहरको भनाइ छ। यद्यपि, केही घाटमा भने सँगै पूजा हुन थालेको उपाध्यक्ष मुसहरले जानकारी दिए।

‘पूजास्थलमा सबै जान्छन् तर पूजा सामग्री राखेको छैटी छुँदैनन्, सँगै पूजा गर्दैनन्’, राजपैडाका विनोद ठाकुरले भने।

पासवान, चमार, डोम, मुसहर जातिमै पनि एकअर्काको पूजा सामग्री छुँदैनन्।

उनीहरूले छुट्टाछुट्टै पूजा गर्ने गरेका छन्। अझै छुवाछूतको भावना रहेकाले पूजा पनि अलग–अलग ठाउँमा हुँदै आएको नेपाल राष्ट्रिय दलित कल्याण समाज रौतहटका अध्यक्ष सुखाडी बैठाले बताए।
अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।


प्रतिक्रिया

ताजा खबर

More

कामपा प्रहरी प्रमुख पाण्डेकाे निलम्बन कार्यान्वयन नगर्न अदालतकाे आदेश, काम गर्न दिनु

काठमाडाैं, असार ४ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....