निर्वाचन क्षेत्र बाँडफाँड टुंग्याउने गरी संयोजन समितिको बैठक जारी

काठमाडौं, कार्तिक १० ।
वाम गठबन्धनले एमाले–माओवादी र अन्य कम्युनिस्ट घटकहरूबीच निर्वाचन क्षेत्र बाँडफाँड आजै टुंग्याउने गरी संयोजन समितिको बैठक बिहानदेखि बसिरहेको छ ।
उक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, ईश्वर पोखरेल र माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागी रहेका छन् ।
संयोजन समितिको बैठक सकेर आजै शीर्ष नेतासहित आगामी निर्वाचनमा सिट बाँडफाँड गर्न बनेको कार्यदलको बैठक बस्ने कार्यक्रम रहेको छ भने त्यस पश्चात एमाले स्थायी समितिको बैठक बसी दोस्रो चरणका सम्पूर्ण उम्मेदवारहरूको नाम टुंगो लगाउने कार्यक्रम पनि रहेको छ ।
प्रतिक्रिया