काँग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं, कार्तिक १० ।
सत्ता नेतृत्व कर्ता दल नेपाली कंग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा अहिले बस्ने कार्यक्रम रहेको छ ।
आजको बैठकमा मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यको दोस्रो चरणको निर्वाचनको उम्मेदवार चयन तथा रणनीति तय गर्ने सम्बन्धमा छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।
प्रदेश नं ३ मा राजपा र संघीय समाजवादी फोरमसँग निर्वाचन तालमेलको विषयमा सकस भए पछि कंग्रेसले छलफल गर्न लागेको हो ।
यसैविच कंग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको कार्यदल बैठक आजै बस्दै छ । बैठक बालुवाटारमा बस्ने भनिए पनि समय भने निश्चित भइ नसकेको बताइएको छ ।
गठबन्धनमा आवद्ध नेताहरूको चुनावी क्षेत्र टुङ्ग्याउन नसक्दा अप्ठ्यारो भएको छ । सहमति हुन नसकेको क्षेत्रमा पहिले गठबन्धनमा आवद्ध नेताहरूको चुनावी क्षेत्र टुङ्ग्याउने र अनि मात्रै दलीय भागबण्डा गर्ने सहमति भएको छ ।
प्रदेश नं दुईमा राजपा र संघीय समाजवादी फोरमले २० सिट भन्दा तल झर्न नमाने पछि सहमति हुन सकेको छैन । कंग्रेसले न्यूनतम १८ सिट पाउनु पर्ने माग गर्दै आएको छ ।
प्रतिक्रिया