उदाउँदो सूर्यलाई अर्घ दिँदै आजदेखि छठ पर्व समापन

काठमाडौं, कात्तिक १० ।
आज विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्वको समापन गरिएको छ । मिथिलाञ्चलको महान् पर्व छठ आज विहान उदाउँदो सूर्यलार्य अघ्र्य दिएर समापन गरिएको हो ।
सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो । महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सो गुप्तवास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
मिथिला नगरी एवं तराईका अधिकांश स्थानमा बिहानैदेखि नदी, पोखरी एवं नहर किनारमा अर्घ्य दिने, ब्रतालुको आशिर्वाद लिने एवं बिहानीको पूजापछि प्रसाद थाप्नेको बाक्लो उपस्थिति छ ।
यस पर्वमा बाँसको ढाकी, माटोका सामग्रीहरू, केरा मौसमी फलफूल, भुसुवा, ठेकुवा, उखु, अदुवा लगायतका विविध मिठाई तथा फलफूल लगायतका प्रसाद चढाइन्छ ।
छठ पर्वका लागि जनकपुरका पोखरी, बीरगंजको घडीअर्वा पोखरी, विभिन्न नदी तलाउ तथा राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत बाग्मती, शंखमुल, बल्खु, नख्खु र विष्ण’मतीलगायत नदी किनारमा सजावट गरिएको थियो ।
यर्सैविच छठ पर्वको अवसरमा आज पनि सरकारले सार्वजनिक विदा दिएको छ । यसअघि अस्ताउँदो सूर्यलाई अर्घ दिने दिनमात्रै सार्वजनिक विदा दिइन्थ्यो । यस पटक पनि छठमा दुई दिन सार्वजनिक विदा दिइएको छ ।
प्रतिक्रिया