निर्वाचन रोकिए देश द्वन्द्वमा जान्छ : पूर्व मन्त्री बस्नेत

प्रकाशित मिति: १० कार्तिक २०७४, शुक्रबार १४:१६


भक्तपुर, कार्तिक १० ।
नेकपा (एमाले) का नेता तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले निर्धारित मितिमा नै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नभए देश द्वन्द्व जाने बताएका छन् ।

रफत सञ्चार क्लबले गरेको साक्षतकार कार्यक्रममा उनले बाम गठबन्धनबाट सरकार अतालिएर निर्वाचन रोकिए देश द्वन्द्वमा जाने खतरा रहेको स्पष्ट पारे । उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि देश आर्थिक संबृद्धिमा जाने लागेको बेला मतपत्रको विवाद निकालेर निर्वाचन रोक्न नहुने बताए ।

केही समयम अघि एन आर एन निर्वाचनका समयमा शेष घलेले ६ करोड एमालेलाई दिएको र त्यस मध्ये एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई दिएको दुई करोड मिडियाको हल्ला मात्र भएको बताए ।

आफू युवा संघको अध्यक्ष हुँदा देखि नै केही मिडिया कर्मीले आफ्नो खेदो खन्दै आएको र यो पनि यसैको परिणामा भएको बताए ।

स्थानीय तहको निर्वाचनलाई आधार मान्दा भक्तपुरमा नेकपा (एमाले) ले प्रतिनिधिसभा तर्फ भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा तर्फ सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्र जित्ने दाबी गरे ।

उनले मध्यपुर थिमीमा एमाले र कांग्रेकबीच कडा प्रतिसपर्धा हुने दाबी गरे । आफू प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भएपछि भक्तपुरलाई संबृद्धि बनाउने योजना आफूसँग भएको चर्चा गर्दै बस्नेतले भारी मतले आफू निर्वाचन जित्नेमा सबैलाई विश्वस्त हुन आग्रह गरे ।


प्रतिक्रिया

ताजा खबर

More

ललितपुरकाे ग्वार्काेमा बसले कार र टेम्पाेलाई ठक्कर दिँदा ६ जना घाइते

काठमाडाैं, असार ४ । ललितपुर महानगरपालिकाको ग्वार्कोमा महानगर यातायातको बसले कार र टेम्पोलाई.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....