‘मधेशी मोर्चा संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा’ : एमाले नेता राई

भक्तपुर, चैत्र ३ ।
नेकपा एमालेका नेता तथा पूर्व सञ्चार मन्त्री शेरधन राईले मधेशी मोर्चाले संविधान कुनै पनि हालतमा कार्यान्वन गर्न नदिने षड्यन्त्रमा लागिपरेको आरोप लगाएको छ ।
आज एक साक्षात्कार कार्यक्रममा बोल्दै एमाले नेता राईले पटक पटक वार्तामा बोलाउँदा पनि आन्तरिक विवाद मिलाउन नसक्ने मोर्चाले कुनै पनि हालतमा संविधान संशोधन गर्न नचाहेको र विभिन्न बाहाना बनाएर संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा लागिपरेको बताएका छन् ।
नेता राईले मधेशी मोर्चाको नियतमै खोट भएको बताउँदै मोर्चालाई तीन पटक लिखित रूपमा पत्र नै थमाएर वार्तामा बस्न आह्रवान गर्दा पनि वार्तामा बस्न नचाहेको र देशलाई कसरी अराजक, द्धन्द्धग्रस्त बनाई राख्न सक्नछ भनेर विभिन्न बाहानाबाजी गरिरहेको उनले बताएका छन् ।
वर्तमान संविधान संशोधनलाई जस्ताको तस्तै पारित गरे पनि मोर्चाले कुनै न कुनै बाहाना बनाएर वर्तमान संविधान कार्यान्वयन गर्न नदिने उनले स्पष्ट पारे । मधेशी नेताहरूको दोहोरो चरित्रले समस्या उत्पन्न गरेको भन्दै, मोर्चा नेताहरू मौका परे संविधानसभा आउने भक्ता खाने र सरकारमा जाने, मौका नपर्दा संविधान नमान्ने भनेर विरोधमा हिड्ने दोहोरो चरित्रको अत्य गर्नुपर्छ । मोर्चाले एउटै स्वरमा वार्तामा बस्न चाहेमा राष्ट्रिय एकता र सद्भावमा आँच नआउने गरी संविधान संशोधन गर्न सकिने उनले स्पष्ट पारे ।
निर्वाचनका सवालमा अहिले अनेकौ खालका गतिविधि भइरहेको बताउँदै नेता राईले निर्वाचन तोकिएको मितिमा सम्भव रहेको र गर्नुपर्ने कुरा समेत स्पष्ट पारेका थिए । मधेशी जनता निर्वाचनको पक्षमा भएको बताउँदै केहि मधेशी नेताले नचाहाँदैमा निर्वाचन नरोकिने बताएका छन् ।
सरकार स–साना कुरामा अल्झेर संविधान कार्यान्वयनमा इमान्दार नभएको, वर्तमान सरकाले प्रमुख विपक्षी एमालेलाई वाईपास गरेर राप्रपाजस्ता स–साना पार्टीलाई सरकारमा सामेल गराएर तालमेल गर्नुको उद्देश्य सक्ता टिकाउने खेल मात्र भएको दाबी गरेका छन् ।
सरकार साँच्चिकै संविधान कार्यान्वयनमा इमान्दार भए प्रतिपक्षी दलसँग सहकार्य गर्नुपर्नेमा त्यो नभएको उनले बताएका छन् । सरकारले यताउता गरेपनि केहि दिन केहि महिनामात्र टिक्ने जनाएको छ । परिस्थितिलाई सही ट्रयांकमा ल्याउन सरकारले बाटो छोड्नुपर्छ, उनले भने ।
संसद्मा प्रस्तुत संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा जस्ताको तस्तै पारित हुन नसक्ने र एमालेले संविधान संशोधन पारित गर्न नदिने उल्लेख गर्नुभयो । वर्तमान सरकारले परिवर्तनका उपलब्धी तुहाउनेतर्फ लागिपरेको आरोपसमेत लगाएका छन् ।
कांग्रेस र माआवादीबीचको सहमतीअनुरूप प्रधानमन्त्रीको आयू एक महिनामात्र बाँकि रहेको अवस्थामा विगतमा सरकार गठन पूर्व सरकारले व्यक्त गरेका प्रतिबद्धताअनुसार सरकारले काम नगरेको र संविधान कार्यान्वयनमा इमान्दारीता नदेखाएको बताएका एका बताएका छन् ।
उनकाअनुसार वर्तमान सरकार नैतिकताको आधारमा असक्षम रहेकाले निर्वाचन समयमा गर्ने, संविधान कार्यान्वयनतर्फ सरकारको ध्यान जान नसकेको र सरकारका आयू मात्र लम्ब्याउने खेलमा लागी परेको बताएका छन् ।
एमालेको सामाजिक एकता तथा राष्ट्रियताको जगमा उभिएर अविचालीत रूपमा एमाले एकठिक्का हुँदै आएकाले एमालेले संविधान कार्यान्वयनको लागि चार महिना अभियान सम्पन्न गरेको छ, उनले भने । एमालेले गत २१ फागुनबाट सूरु गरेको मेची–महाकाली अभियान आज सम्पन्न भएको र त्यो अभियान पूर्ण रूपमा सफल भएको बताएका छन् । सप्तरी घटनामा एमाले दोषि नभएको भन्दै सप्तरी घटनामा मधेशी मोर्चा प्रत्यक्ष दोषी भएको र सुरक्षाकर्मीमाथि पेटोलियम बम प्रहार गर्ने कार्य हुँदा प्रतिकारमा दुखद घटना हुन पुगेको समेत बताएका छन् ।
प्रतिक्रिया