एमाले र माओवादी केन्द्रले कमाई खान वाम गठबन्धन बनायो : नेता राई

प्रकाशित मिति: ११ कार्तिक २०७४, शनिबार ०७:५५


इलाम, कार्तिक ११ ।
संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले कमाई गरी खान वाम गठबन्धन बनाएको आरोप लगाएका छन् ।

सदरमुकाममा शुक्रबार आयोजित पार्टी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले वाम गठबन्धन दक्षिणपन्थीको गठबन्धन भएको आरोप लगाएका हुन् । नेता राईले नेपाली कांग्रेसले बनाएको लोकतान्त्रिक गठबन्धनको समेत औचित्य नरहेको दाबी गर्दै वाम गठबन्धनबाट त्रसित नहुन कांग्रेससँग आग्रह गरेका छन् ।

फोरम ईलाम नगर समितिको आयोजनामा भएको ‘नेपालको वैचारिक अवधारणा’ विषयक पार्टी प्रशिक्षण कार्यक्रममा नेता राई, उपाध्यक्ष युवाराज कार्की, केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख सुशीला श्रेष्ठ र केन्द्रीय सदस्य मित्रलाल चापागाईंले प्रशिक्षण दिएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

ललितपुरकाे ग्वार्काेमा बसले कार र टेम्पाेलाई ठक्कर दिँदा ६ जना घाइते

काठमाडाैं, असार ४ । ललितपुर महानगरपालिकाको ग्वार्कोमा महानगर यातायातको बसले कार र टेम्पोलाई.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....