त्रिशुलीमा भएको बस दुर्घटनामा परी एघारको मृत्यु, दुई दर्जनभन्दा बढी बेपत्ता (अपडेट)

काठमाडौं, कार्तिक ११ ।
राजविराजबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा दुर्घटना हुँदा त्यसमा सवार मध्ये ११ जनाको भएकाे छ । आज बिहान राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको ना. ६ ख १४६७ नम्बरको रात्रीबस धादिङको गजुरी गाउँपालिकाको बाङ्गे पोखरे मोडबाट त्रिशुलीमा खसेको थियो ।
उक्त बस दुर्घटनामा परेकाहरूको उद्दार कार्य जारी रहेको छ भने ३९ जनाभन्दा बढी संख्यामा बेपत्ता रहेका छन् । उद्दार कार्यमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबासी बिहानैदेखि उद्दार कार्यमा निरन्तर खटिरहेका छन् ।
दुर्घटना भएको बसमा कति यात्रु सवार छन् भने कुराको विस्तृत विवरण आउन बाँकी रहेको छ भने मृत्यु हुनेहरूको सनाखतसमेत हुन बाँकी रहेको उद्दार कार्यमा खटिएका नेपाल प्रहरीले जनाएको छ ।
प्रतिक्रिया