विर्तामोडमा आज पनि कर्फ्यू कायम

प्रकाशित मिति: ११ कार्तिक २०७४, शनिबार ११:०५


झापा, कात्तिक ११ ।
झापाको विर्तामोडमा शुक्रबारदेखि लगाइएको कर्फ्यू अहिले पनि कायम रहेको छ । विर्तामोड नगरपालिकाको पूर्वमा बसपार्क मोड, पश्चिममा चारपाने, दक्षिणमा विर्ता बजार र उत्तरमा महानन्द चोकसम्म लगाइएको कर्फ्यू शनिबार पनि कायमै रहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको हो ।

जिल्ला सुरक्षा समितिले अनुगमन गर्ने र स्थिति सामान्य रहेको पाइए मात्र कर्फ्यू हटाइने गृह मन्त्रालयले जनाएको छ । प्रहरीको गोली लागेर शुक्रबार एकजनाको ज्यान गएपछि स्थीति तनावपूर्ण बनेको थियो । अझ केही घाइते भएपछि विर्तामोडमा स्थीत िनियन्त्रण गर्न शुक्रबार दिउँसोदेखि कर्फ्यू लगाइएको हो ।

यसैबिच घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव विरेन्द्रकुमार यादवको संयोजकत्वमा गठन भएको चार सदस्यीय टोली शनिबार झापा जाँदैछ । टोलीले सात दिनभित्र सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउनेछ ।

अर्जुनधारा नगरपालिका–११ का ११ वर्षका लक्ष्मण शिवाकोटीको हत्यारालाई कारवाही गर्न माग गर्दै आफन्त र स्थानीय बासिन्दाले विर्तामोड बजार बन्द गराएर निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेपछि ढुङ्गामुढा भएको थियो । घटनामा घाइते भएकाको बिएण्डसी अस्पताल विर्तामोड र मेची अंचल अस्पतालमा उपचार भैरहेको गृह मन्त्रालयले जनाएको छ ।

गएको असोज १४ गते विदेशबाट बुवाले पठाइदिएको जुत्ता लिन बिर्तामोड–५, पाथीभरा टोलमा गएका लक्ष्मणको शव त्यसको भोलिपल्ट भेटिएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

ललितपुरकाे ग्वार्काेमा बसले कार र टेम्पाेलाई ठक्कर दिँदा ६ जना घाइते

काठमाडाैं, असार ४ । ललितपुर महानगरपालिकाको ग्वार्कोमा महानगर यातायातको बसले कार र टेम्पोलाई.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....