काठमाडौंमा चिसो बढ्दै, घटदै न्यूनतम तापक्रम

काठमाडौं, कार्तिक १२ ।
केही दिनयता राजधानीसहित देशका विभिन्न स्थानमा न्यूनतम तापक्रम एक्कासि गिरावट आएसँगै चिसो बढेको छ । गत सातासम्म काठमाडौंमा न्यूनतम तापक्रम १४ देखि १६ डिग्री सेल्सियस रेकर्ड भएकामा यो साताको बुधबार (८ कात्तिक) देखि तापक्रममा एक्कासि गिरावट आउन थालेको हो ।
काठमाडौंको न्यूनतम तापक्रम बुधबार एक्कासि ९.८ डिग्रीमा झरेको थियो । शुक्रबार र शनिबार पनि तापक्रम अघिल्लो साताभन्दा ३ देखि ४ डिग्रीले कम छ । अधिकतम तापक्रममा पनि ४ देखि ५ डिग्री सेल्सियसले गिरावट आएको छ ।
मनसुनपछिको पहिलो पश्चिमी न्यूनचापीय क्षेत्रको असरका कारण देशैभर बदली भएपछि तापक्रममा गिरावट आएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले बदली र तापक्रममा आएको गिरावटसँगै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना औंल्याएका छन् ।
प्रतिक्रिया