स्थानीय निर्वाचनका लागि रुकुममा एक सय चार मतदान केन्द्र

प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार ०६:४४


रुकुम, चैत्र ४ ।
स्थानीय तह निर्वाचनका लागि मतदान गर्न यहाँ एक सय चार वटा मतदान केन्द्र हुने भएको छ । जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकामा रहेका प्रत्येक वडामा एउटा मतदान केन्द्र रहने गरेर एक सय चार वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकृत कमलमणी देवकोटाले जानकारी दिए ।

मतदान केन्द्र पुनरावलोकन तथा सिफारिस समितिको बिहीबार बसेको बैठकले मतदान केन्द्रको टुङ्गो लगाएको हो । यसभन्दा पहिले जिल्लामा एक सय ४८ वटा मतदान केन्द्र भए तापनि त्यसलाई घटाएर अब एक सय चार वटा मात्र मतदान केन्द्र कायम गरिएको उनले बताए ।

स्थानीय तहको निर्वाचनमा जिल्लाभरबाट एक लाख दुई हजार तीन सय ६९ जना मतदाताले भाग लिने भएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....