भ्लादिमिरोभिच पुटिनसमक्ष ओहदाको प्रमाणपत्र पेश

प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार ०६:५५


काठमाडौं, चैत्र ४ ।
रूसी महासङ्घका लागि नेपाली राजदूत ऋषिराम घिमिरेले मोस्कोस्थित ग्राण्ड क्रेमलिन दरबारमा बिहीबार आयोजित एक समारोहबीच त्यहाँका राष्ट्रपति भ्लादिमिर भ्लादिमिरोभिच पुटिन समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।

समारोहमा राजदूत घिमिरेले नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले रूसी महासङ्घको निरन्तर प्रगति र समृद्धिको कामना गर्नुभएको सन्देश प्रदान गरेका थिए ।

राष्ट्रपति पुटिनले घिमिरेको स्वागत गर्दै उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको नेपाली राजदूताबास मस्कोद्वारा बिहीबार जारी विज्ञप्ति उल्लेख गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....