म्याजिक चप्पल कारखानामा भीषण आगलागी, आगलागी नियन्त्रण बाहिर
विराटनगर, चैत्र ४ ।
म्याजिक चप्पल कारखानामा आज एकाबिहानैदेखि आगलागी भएको छ । विराटनगरको टंकीमा रहेको उक्त कारखानामा आज बिहान करिब ४ बजे भीषण आगलागी भएको प्रहरीले जनाएको छ ।
भीषण आगलागीका कारण म्याजिक चप्पल कारखानामा ठूलो क्षति हुन सक्ने स्थानीय प्रहरीले अनुमान गरेका छन् । आगलागी नियन्त्रणका लागि करिब १० वटा दमकल र डोजर ल्याएर घर भत्काउने कार्य जारी रहेको छ ।
झापा, सप्तरीसहित पूर्वका सबै जिल्लाका दमकललाई बोलाइएको छ । आगलागीको कारण भने अझै खुल्न सकेको छैन । विस्तृत विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया