चट्याङ लागेर एकै परिवारका एकको मृत्यु, दुई घाइते

प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार १२:३९


बाजुरा, चैत्र ४ ।
उत्तरी भेगको सिहमाली गाउँपालिका साबिकको रुगिन–४ बोर्तामा बिहीबार करिब ८ बजे राति चन्दन कार्कीको पूर्व भित्ताको घरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मृत्यु हुनेमा चन्दन कार्कीका १४ वर्षीय छोरा शेरबहादुर कार्की रहेका छन् । कार्कीकै १७ वर्षीया छोरी झुमकला कार्की र १० वर्षीया जुनु कार्की चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सुदाम रावलले बताएका छन् ।

घाइते भएका दुई दिदीभाइको चट्याङका झिल्का लागेर हातखुट्टा जलेको प्रहरीले जनाएको छ । चट्याङ लागेर दुई गोरु र एक बाख्रा पनि मरेको बताइएको छ । स्थानीवासीको सहयोगमा घाइते भएकाहरूलाई उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याएको प्रहरी नायब उपरीक्षक रावलले जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....