प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्र संघका उप महासचिवबीच भेटवार्ता

प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार १४:०९


काठमाडौं, चैत्र ४ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र संघका उपमहासचिव सम्साद अख्तरले शिष्टाचार भेट गरेकी छन् । संयुक्त राष्ट्र संघको इकोनोमिक एण्ड सोसल कमिशन फर एसिया एण्ड प्यासिफिकका कार्यकारी प्रमुखसमेत रहनुभएकी सम्साद अख्तरले आफ्नो ५ बर्षे कार्यकाल पूरा गर्नुभएको अवसरमा प्रधानमन्त्रीसँग बिदाई भेट गरेकी छन् ।

शुक्रबार बिहान सिंहदरबारमा भएको भेटवार्तामा प्रधानमन्त्री दहालले उनको कार्यकालमा नेपालको विभिन्न क्षेत्रमा संयुक्त राष्ट्र संघबाट प्राप्त सहयोगप्रति आभार प्रकट गरेका थिए । साथै नेपालको शान्ति प्रक्रियालाई मौलिक ढंगले टुंगो लगाउन संयुक्त राष्ट्र संघले पुर्‍याएको योगदानप्रति आभार प्रकट गरे । प्रधानमन्त्रीले शान्ति प्रक्रियाका केही बाँकी कार्यभार पूरा गर्न सरकार लागि परेको जानकारी दिईएको छ ।

उक्त अवसरमा अख्तरले प्रधानमन्त्रीलाई आगामी अप्रिल २१ र २२ गते बैंककमा हुने संयुक्त राष्ट्र संघको सेस्टेनेभल डेभलपमेन्ट सम्बन्धी क्षेत्रीय सम्मेलनमा सहभागिताका लागि निम्तोपत्र हस्तान्तरण गरेका थिए । उनले नेपालको विकास, शान्ति र आर्थिक सम्वृद्धिका लागि संयुक्त राष्ट्र संघको सहयोग जारी रहने जानकारी दिँदै विश्वमा शान्ति स्थापनाका लागि नेपालको योगदानको उच्च प्रशंसा गरेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....