(अपडेट) थानकोटको गुर्जुधारामा दुर्घटना हुँदा दुईको मृत्यु

प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार १६:५६


काठमाडौं, चैत्र ४ ।
काठमाडौँमा रहेको गुर्जुधारास्थित ठूलो दुर्घटना भएको छ । थानकोट–कलंकी सडकखण्डको गुर्जुधारामा कलंकीतर्फ आउँदै गरेको ट्रकको ब्रेक फेल हुँदा दुर्घटना भएको हो ।

प्रहरीकाअनुसार काठ बोकेर कलंकी आउँदै गरेको ना. ३ ख ९७७३ नम्बरको ट्रकको ब्रेक फेल हुँदा स्कुटर, मोटरसाइकल, ट्रक र ट्याक्सीलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने आधा दर्जन बढी घाइते भएका छन् ।

मृत्यु हुनेमा झापा अनारमनिका ३७ वर्षीय डम्बर पोखे्रर र काभ्रेपलाञ्चोक पनौतीका ४६ वर्षीय कान्छाबली लामा रहेका छन् । घाइते भएका स्कुटर चालक काठमाडौं चन्द्रागिरी–७ का ५६ वर्षीय वालकृष्ण ढकालको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

ट्रकले मे १ ख २४३९ मिनि ट्रक, बा १ ज ७९६७ नम्बरको ट्याक्सी र बा. ६९ प ६२८५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट ट्याक्सी पूर्ण रूपमा क्षतविक्षत भएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....