तोकिएको मितिमा स्थानीय तहको निर्वाचन हुनेमा शंका नगर्न सञ्चारमन्त्री कार्कीको आग्रह

भक्तपुर, चैत्र ४ ।
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गरेको छ । आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै सञ्चारमन्त्री कार्कीले मधेशी मोर्चासँग निरन्तर संवाद भइरहेकाले छिटै मोर्चा सहमतिमा आउने र स्थानीय तहको निर्वाचन हुँदैन कि भनेर आंशका नगर्न आग्रह गरेका छन् ।
उनले मोर्चाबिना निर्वाचनमा गए मधेशमा अतिवादले प्रश्रय पाउने भएकाले मोर्चालाई पनि निर्वाचनमा सहभागि गराउनुपर्ने बताएका छन् । उनले स्थानीय तहको निर्वाचनका सवालमा बाहिर अनेक टिकाटिप्पणी आइरहेपनि आशावादी हुन सबैमा आग्रह गर्दै उनले निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । मधेशी मोर्चा सरकार निरन्तर सम्वाद र वार्तामा रहेकाले छिटौ मोर्चा वार्तामा आउने विश्वास गरेको छ ।
संविधानभन्दा टाढा कोही नभएको र मेधशी मोर्चा पनि संविधानको पक्ष विपक्षमा आएको बताएका छन् । सबै दलहरू संविधानको परिधिमा खुमीरहेकाले सबै राजनीतिक दलहरू निर्वाचनको पक्षमा रहेको बताएका छन् ।
देशका अधिकांश क्षेत्रमा निर्वाचन भएपनि मधेशका केहि ठाउँमा अवरोध भए तापनि स्थानीय तहको निर्वाचन नसर्ने र नरोकिने उनले बताएका छन् । देशका सबै गाउँपालिका, नगरपालिकामा निर्वाचनको वातावरण बनीरहेको र दलका नेता तथा कार्यकर्ता गाउँ केन्द्रित भई निर्वाचनको माहौल सृजना गर्न लागिपरेकाले देश निर्वाचनमय भइसकेको उनले दावी गरेका छन् ।
सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेर स्थानीय तह कार्यान्वयनमा ल्याइसकेपछि सिंहदरबारमा धाउने पार्टीका नेता तथा कार्यकर्ता गाउँकेन्द्रित भएको र सिंहदरबारमा मान्छेको संख्यासमेत घट्दै गएको उनले बताएका छन् । स्थानीय तहलाई नै अधिकार प्रत्यायोजन गरेपछि जनताहरू खुसी हुँदै स्थानीय तहमै केन्द्रित हुन थालेको उनले बताएका छन् ।
सप्तरी घटना हुनु दुखद् भएको बताउँदै उनले सप्तरी घटनामा एमालेको अपरिपक्वताले सो घटना घटेको बताएका छन् । सरकारको तर्फबाट सो क्षेत्रमा एमालेलाई उत्तेजक भाषण नगर्न आग्रह गरिएको बताउँदै उनले एमालेको सुरक्षाप्रति ध्यान नजाँदा र जिद्दीपनले सो घटना भएको बताएका छन् ।
उनले कञ्चनपुरमा भारतीय एसएसपीको गोली लागेर नेपालीको ज्यान गएको घटनाका विषयमा सरकारले सत्य तथ्य छानवीन गरी भारत सरकारलाई पठाइएको बताउँदै भारत सरकारले आफनो गल्ती स्वीकार गर्दै माफी माग्नुपर्ने अनुरोध गर्दै भारतलाई जानकारी गराइएको बताइएको छ । सरकाले ज्यान जाने गौतमलाई शहीद घोषणा गरेर उनलाई भारतीय प्रहरीको गोली लागेर मृत्यु भएको पोस्टमार्टम रिपोटबाट आएकाले भारत सरकारलाई गल्ती स्वीकार्न आग्रह गरिएको बताएका छन् ।
उनले एनसिएलले कर छली गरेको विषयमा पत्रपत्रिकामा आएपनि मन्त्रीमण्डलबाट कुनै निर्णय नभएको बताएका छन् । संसद्को लेखा समितिमा छलफल भएपनि कर कार्यालयले करको निर्धारण गर्ने उनले बताए । विभिन्न कर्पोरेटका आआफना सेवाप्रदायक हुने भएकाले कर छली कसैले पनि गर्न नहुने बताएका छन् । गणतन्त्रवादी र पुरातनवादी शक्तिबीचको लडाईले परिवर्तनका उपलब्धी संस्थागन गर्न केहि चुनौती झेलीरहे पनि परिवर्तन संस्थागत भएरै छाड्ने उनले बताए । सरकाले संविधान कार्यान्वयन गर्नका लागि राष्ट्रिय सहमतीको सरकारमा जोड दिएको बताएका छन् ।
पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनको पक्षमा मन्त्रालय लागिपरेको बताउँदै एफएमको नवीकरण गर्ने अधिकार जिल्ला हुलाक कार्यालयलाई दिने निर्णय मन्त्रालयले गरिसकेको बताउनुभयो । उनले च्याउसरि उम्रिएका अनलाइनलाई सरकारले नियन्त्रण र कानुनी दायरामा ल्याउने कार्य गरिरहेको बताएका छन् ।
प्रतिक्रिया