एसईई परीक्षाको शिक्षामन्त्री पौडेलद्वारा अनुगमन

प्रकाशित मिति: ५ चैत्र २०७३, शनिबार ०६:५१


भक्तपुर, चैत्र ५ ।
चैत्र ३ गतेदेखि सुरु भएको एसईई परीक्षा सञ्चालन भएका भक्तपुरका विद्यालयमा शुक्रबार शिक्षामन्त्री धनीराम पौडेलले अनुगमन गरेका छन् ।

एसएलसीको रूपान्तरित प्रणाली माध्यमिक शिक्षा परीक्षा (एसईई) को भक्तपुरका विद्यालयमा अनुगमन गर्दै मन्त्री पौडेलले विद्यार्थीमा नयाँ परीक्षा प्रणालीले थप ऊर्जा थपेको बताए ।

उनले सबै स्थानमा शान्त वातावरणमा मर्यादित ढङ्गबाट परीक्षा सञ्चालन भइरहेको आफूले पाएको जानकारी दिँदै नयाँ शिक्षा प्रणालीका कारण केही विद्यार्थी र उनीहरूका अभिभावक अन्योलता देखिएको बताए ।

भक्तपुरको बागेश्वरी उमाविमा हात खुट्टा नचल्ने पूर्ण अशक्त वर्ष २२ का आकार थापा सहयोगीमार्फत परीक्षामा सहभागी भएको मन्त्री पौडेलले अवलोकन गरी फर्केका थिए । त्यस्तै, आदर्श मावि सानोठिमीमा ६३ वर्षीय मिठु खनाल परीक्षामा सहभागी भएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....