पूर्ववडाध्यक्ष तथा ब्लोडानका अध्यक्ष जोशीको निधन

प्रकाशित मिति: ५ चैत्र २०७३, शनिबार १५:०५


काठमाडौं, चैत्र ५ ।
समाजसेवी एवं काठमाडौं महानगरपालिका १७ वडाका पूर्वजननिर्वाचित वडाध्यक्ष महेन्द्रविलास जोशीको गएराति ५८ वर्षको उमेरमा खोटाङमा निधन भएको छ ।

स्वर्गीय जोशी विगत केही वर्षदेखि किड्नीको समस्याले ग्रसित थिए । उनी सञ्चो नभईकन पनि खोटाङको हलेसी महादेव दर्शन गर्न पुगेका थिए भने गएराति नै उनको अचानक मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

उनको पार्थिव शरीरलाई आजै खोटाङबाट काठमाडौं ल्याइसकेको छ भने उनको पार्थिव शरीरलाई आज काठमाडौंको विभिन्न स्थानमा शव यात्रासँगै अन्तिम दाहसंस्कारका लागि काठमाडौंको शोभा भगवतीस्थित आर्यघाटमा दाहसंस्कार गर्ने तयारी भइरहेको छ ।

समाजसेवी जोशीका एक श्रीमती र दुई छोरी छन् । स्वर्गीय जोशीलाई दागबत्ती जेठी छोरी रिम्पुले दिने तयारी भइरहेको छ ।

स्वर्गीय जोशी नेकपा एमाले १७ वडा कमिटीका अध्यक्षसमेत हुन् । त्यसैगरी, ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोडान)का अध्यक्ष पनि थिए भने सामुदायिक विद्यालय संगठनका एक राष्ट्रिय अध्यक्षसमेत हुन् ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....