उत्तर प्रदेशको मुख्यमन्त्री बने योगी आदित्यनाथ, आज शपथ लिँदै

एजेन्सी, चैत्र ६ ।
भारतीय जनता पार्टीको शनिबार बसेको संसदीय दलको बैठकले भारत उत्तर प्रदेशको मुख्यमन्त्रीमा योगी आदित्यनाथलाई चयन गरेको छ ।
योगी आदित्यनाथले आजै लखनउमा उत्तर प्रदेशका राज्यपालबाट शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । योगीको शपथमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बीजेपी अध्यक्ष अमित शाहलगायत सहभागी हुने बताइएको छ । ४४ वर्षीय योगी गोरखपुर क्षेत्रबाट लोकसभा सदस्यमा निर्वाचित भएका हुन् ।
भारतीय जनता पार्टीले दिनेश शर्मा र केशवप्रसाद मौर्यलाई भने उप–मुख्यमन्त्रीमा चयन गरेको छ ।
हालै सम्पन्न प्रदेश सभा निर्वाचनमा बीजेपी गठबन्धन उत्तर प्रदेशका चार सय तीन सिटमध्ये तीन सय २५ सिटमा विजयी भएको थियो । विवादित अभिव्यक्तिका कारण पटक–पटक चर्चामा आइरहने योगी आदित्यनाथ उत्तर प्रदेश विधान सभा चुनावका बेला सबैभन्दा बढी र्याली गर्ने नेतामध्येमा पर्छन् ।
गोरखपुरबाट सन् १९९८ मा पहिलो पटक सांसद् बनेका उनी भारतीय संसद्मा सबैभन्दा कम उमेर २६ वर्षमा सांसद् बनेर रेकर्डसमेत राखेका थिए । उनी गोरखपुरको प्रसिद्ध गोरखनाथ मन्दिरका मुख्य महन्तसमेत थिए ।
प्रतिक्रिया