स्थानीय तहको चुनावका लागि सेनाको सुरक्षा घेरामा आजबाट मतपत्र छाप्ने काम सुरु

काठमाडौं, चैत्र ६ ।
आउँदो बैशाख ३१ गते तोकिएको स्थानीय तहको चुनावको लागि मतपत्र छाप्ने काम आजबाट सुरु हुने भएको छ । आज स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रको शनिबारबाट परीक्षण छपाई सुरु भएको छ । परीक्षणको रूपमा छापिएको मतपत्रको कागज सेतो र मसी निलो छ । निर्वाचन आयोगले मतपत्रको छपाई कार्य शनिबारबाट सुरु हुने जनाएको भए पनि मतपत्रको डिजाईन गर्ने कार्यमा केही ढिलाई हुँदा छपाई कार्यमा पनि त्यसको प्रभाव परेको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आज साँझबाट निरन्तर रूपमा छपाई सुरु गर्ने जनाएको छ । मतपत्रको सुरक्षाका लागि नेपाली सेनालाई जिम्मा दिइएको छ । आयोगले करिब एक करोड ४० लाख मतदाता हुने अनुमान गरी करिब एक करोड ६० लाख मतपत्र छपाई गर्ने तयारी गरेको जनाएको छ ।
मतदाता नामावली प्रशोधनको कार्य भइरहेकाले औपचारिक मतदाताको संख्या भने आउन बाँकी रहेको छ । आयोगले छ आकार (साईज) का र ७५ जिल्लाका लागि ७५ वटै प्रकारका मतपत्र छपाई गर्ने तयारी गरेको प्रवक्ता शर्माले जानकारी दिएका छन् ।
प्रतिक्रिया