देशको मूल उद्देश्य निर्वाचन भएकाले सत्ता हेरफेर प्रयासमा नलाग्न ओलीको सुझाव

प्रकाशित मिति: ६ चैत्र २०७३, आईतवार १२:४३


नेपालगन्ज, चैत्र ६ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा स्थानीय निकायको निर्वाचन गराउन सरकारले खुट्टा कमाउन नहुने बताएको छ ।

एमालेको बाँके प्रचार विभागद्वारा आज आयोजित एक पत्रकार सम्मेलनमा उनले भने, ‘कुनै दल, कथित मोर्चा र कुनै समूहले निर्वाचनको विरोध गर्छन् भने पनि निर्वाचन रोक्ने अलोकतान्त्रिक चरित्र सरकारले प्रस्तुत गर्नु हुँदैन । निर्वाचनका लागि सरकार दरो भएर प्रस्तुत हुनुपर्छ, सरकार लुलो र फितलो भएर प्रस्तुत भयो भने निर्वाचन नचाहनेलाई त्यसले फाइदा पुर्‍याउँछ’, उनले सुझाव दिइएको थियो ।

संविधानले कसैलाई भेद्भाव नगरेको बताउँदै तराईका जनतालाई संविधानको विरुद्ध अल्मल्याइएको छ, यही अवस्थालाई दृष्टिगत गरी नेकपा (एमाले)ले मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गरेको हो । उनले भने ।

पत्रकारसँगको छलफलमा अध्यक्ष ओलीले आफ्नो दलको अहिले एउटै मूल उद्देश्य निर्वाचन भएकाले त्यसअघि सत्ता हेरफेर प्रयासमा नलाग्ने स्पष्ट पारे । पत्रकार सम्मेलनमा सो दलका महासचिव ईश्वर पोखरेलले कुनै पनि अवस्थामा आफ्नो दल संविधान संशोधनको पक्षमा नजाने अडान दोहर्‍याउँदै संशोधन केका लागि भन्ने प्रश्नको जवाफ पहिले जनतालाई स्पष्टसँग भन्न सक्नुपर्छ भनेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....