मोर्चाले उठाएका माग पूरा नगरिएको भन्दै बैठक बहिष्कार

प्रकाशित मिति: ६ चैत्र २०७३, आईतवार १५:२१


काठमाडौँ, चैत्र ६ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध दलले आफूहरूले प्रमुखताका साथ उठाएको संविधान संशोधनको माग पूरा नगरिएको भन्दै सदनको बैठकमा भाग लिएन ।

सभामुख ओनसरी घर्तीले सदनको बैठक सुरु गर्नासाथ मोर्चामा आबद्ध दलका सांसद्हरू आ–आफ्ना स्थानबाट उठेका थिए । सो क्रममा तराई–मधेश लोकतान्त्रिक पार्टीका जङ्गीलाल यादवले ‘राजनीतिक वातावरण नबनाई सरकारले स्थानीय निर्वाचन घोषणा गरेकाले’ मधेशका जनतामा आक्रोश आएको आरोप लगाएको छ ।

उनले संविधान संशोधन नगरी स्थानीय निर्वाचन हुन भन्दै सहमति र सहकार्यबाट संविधान संशोधन गर्न माग गरेका छन् । सांसद् यादवले आफ्नो भनाइ राखेपछि मधेशी मोर्चामा आबद्ध दलका सांसद्हरू सदनको आजको बैठकबाट बाहिरिएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....