‘एमालेले सैद्धान्तिक विषयमा स्पष्ट खाका ल्याए पार्टी एकीकरण हुने’ : महासचिव मैनाली

काठमाडौं, चैत्र ७ ।
एमालेसँग स्थानीय निर्वाचन अघि नै एकता हुन सक्ने खुलासा नेकपा (माले)का महासचिव सिपी मैनालीले गरेका छन् ।
एक आयोजित कार्यक्रममा बोल्दै महासचिव मैनालीले एमालेले सैद्धान्तिक विषयमा स्पष्ट खाका ल्याए निर्वाचन अघि नै दुई पार्टी एकीकरण हुन सक्ने जनाएका हुन् ।
सात वर्षदेखि एमालेले एकीकरणका लागि कुनै प्रस्ताव अघि नसारेको भन्दै उनले अहिलेसम्म एकीकरणको कुरा हल्ला मात्र भएको बताए । एमालेसँग कार्यगत एकता सम्भव भए पनि कतिपय कुरामा मतभिन्नता रहेको बताउँदै उनले सैद्धान्तिक सहमति हुन नसकेमा आगामी निर्वाचनमा माले एक्लै चुनावी मैदानमा उत्रन सक्ने पनि संकेत गरे ।
मैनालीले महाकाली सन्धिदेखि नै एमालेसँगको सम्बन्ध नराम्रो भएको बताउँदै एमालेबाटै प्रस्ताव अघि सार्रे एकीकरण हुनसक्ने बताएका छन् । दलहरूको कमजोरीले गर्दा राष्ट्रियता गुम्दै जाने खतरा बढिरहेको बताउँदै उनले राष्ट्रियता इतिहासकै सबैभन्दा कमजोर भएको बताए ।
प्रतिक्रिया