प्रम दाहालले आह्वान गरेको बैठकमा एमालेको चेतावनी

काठमाडौं, चैत्र ७ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरेको सत्तारुढ कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको बैठकमा प्रमुख प्रतिपक्ष पार्टी नेकपा (एमाले)ले संविधान संशोधन प्रस्ताव थाति राखेर अघि नबढे स्थानीय तहको निर्वाचन प्रभावित हुने चेतावनी दिएको छ ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न संविधान संशोधन प्रस्तावलाई थाति राखेर अघि बढनुको विकल्प नरहेको बताएका छन् ।
संशोधन प्रस्तावलाई थाति राखेर निर्वाचन सम्पन्न गर्ने पार्टीको अडान यथावत रहेको एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।
प्रतिक्रिया