राजधानीमा अश्रुग्याँस प्रहार : जबरा र वलीसहित राप्रपाका करिब चार दर्जन घाइते

प्रकाशित मिति: ७ चैत्र २०७३, सोमबार १४:५३


काठमाडौं, चैत्र ७ ।
राजधानीको अति व्यस्त सडक कान्तिपथमा प्रहरी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यकर्ताबीच झडप हुँदा पूर्व प्रधानमन्त्री पशुपति सम्शेर जबरा र केन्द्रीय सदस्य कोमल वलीसहित करिब चार दर्जन कार्यकर्ता घाइते भएका छन् ।

शान्तिपूर्ण प्रदर्शन गर्दै शान्तिबाटिकाबाट कान्तिपथतर्फ जाँदै गर्दा उक्त झडप भएको सह–प्रवक्त मोहन श्रेष्ठले ‘लाईभअफनेपाल’लाई जानकारी दिएका छन् ।

आफ्नो पार्टीको विधानबाट ‘हिन्दू धर्म र राजसंस्था’ शब्द हटाइएको विरोधमा आज काठमाडौंको बहादुर भवनस्थित निर्वाचन आयोगको कार्यालय घेराउ गर्न गएका राप्रपाका कार्यकर्तामाथी प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।

आयोगले संविधानसँग बाँझिएको भन्दै राप्रपाको विधानबाट ‘हिन्दू धर्म र राजसंस्था’ हटाएको थियो । आयोगको उक्त निर्णयविरुद्ध राप्रपाले आन्दोलन सुरु गरेको हो ।

आन्दोलनअन्तर्गत आज मध्यान्हदेखि राप्रपाका कार्यकर्ताहरू निर्वाचन आयोगको मुख्य कार्यालय घेराउ गर्न गएका थिए । ठूलो संख्यामा उपस्थित रहेका राप्रपाका कार्यकर्ताले प्रहरी घेरालाई तोड्दै अगाडि बढ्ने प्रयास गरेपछि अश्रुग्याँस प्रहार गरिएको हो ।

अहिले पनि राप्रपाका कार्यकर्ताहरू प्रहरीको विरोधमा नाराबाजी गरिरहेका छन् । स्थिति नियन्त्रणमा ल्याउने प्रयास भइरहेको जनाइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....