योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र जिम्बाब्वेका मन्त्री न्योनीबीच भेटवार्ता

प्रकाशित मिति: ८ चैत्र २०७३, मंगलवार ०६:५५


काठमाडौं, चैत्र ८ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा.मीनबहादुर श्रेष्ठ र नेपाल भ्रमणमा रहेका जिम्बाब्वेका साना तथा मझौला उद्योग र सहकारी विकासमन्त्री एसजीजी न्योनीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आयोगको सचिवालयमा सोमबार भएको भेटका अवसरमा उनीहरूबीच दुई देशका साना तथा मझौला उद्योगको अवस्था, सहकारी क्षेत्र तथा द्विपक्षीय सहयोगको आदानप्रदानलगायतका विषयमा छलफल भएको थियो । गरिबी निवारणका लागि साना तथा मझौला उद्योगको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउँदै, मन्त्री न्योनीले साना तथा मझौला उद्योगको प्रबद्र्धन गरी जिम्बाब्वेले निकै ठूलो प्रगति हासिल गरेको अनुभव सुनाएका थिए ।

“गरिबी निवारणमा साना तथा मझौला उद्योगभन्दा अन्य कुनै उपर्युक्त साधन नै छैनन् । भौतिक गरिबी निवारणमा व्यावसायिक विकास नै उपयुक्त तरिका हो” उनले भने ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....