प्रम निवासमा प्रधानमन्त्री र यूएस प्यासिफिक कमाण्डरबीच भेटवार्ता

काठमाडौं, चैत्र ८ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र यूएस प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल ह्यारी बि ह्यारिजबीच भेटवार्ता भएको छ । आज बिहान प्रम निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्रीले नेपालको सुरक्षासहित अन्य क्षेत्रमा अमेरिकाले पुर्याएको सहयोगप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
गत वर्ष गएको भुकम्पका बेला अमेरिकी सेनाले गरेको सहयोग उच्च साझेदारीको नमूना भएको भन्दै प्रम दाहालले त्यसक्रममा नेपालका गाउँहरूमा उद्धार कार्यमा खटिँदा आफ्नो ज्यान गुमाउने ६ जना मरिन सेनाप्रति श्रद्धान्जली प्रकट गर्दै शोकाकूल अमेरिकी सेनामा समवेदना प्रकट गरेका थिए ।
नेपाल र अमेरिकाबीचको सम्बन्ध ७० वर्षदेखि कार्यम रहँदै आएको र नेपालको विकास, सुरक्षा र सामाजिक सुधारका क्षेत्रमा अमेरिकाले पु¥याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । उनले आगामी दिनमा पनि अमेरिकासँग विगतको झैं सहकार्यको अपेक्षा गरेका छन् ।
भेटमा यूएस प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल ह्यारी बि ह्यारिजले नेपालसँग अमेरिकाको नजिकको सम्बन्ध रहेको बताउँदै अमेरिकी सेनाको समेत आत्मीय सम्बन्ध रहेको बताएका थिए । उनले नेपाली सेनासँगको सहकार्य बारे जानकारी दिँदै नेपालको स्टाफ कलेजमा अमेरिकन सेनाले पढ्ने गरेको तथा नेपालबाट माउण्टेन वार फेर सिक्न पाएकोमा धन्यवाद दिए ।
प्रतिक्रिया