शहरी विकास मन्त्री केसीको यस्तो हर्कत ! जनताले के पाठ सिक्ने ? (भिडियोसहित)

प्रकाशित मिति: १९ पुष २०७३, मंगलवार ०५:५८


काठमाडौं, पुस १९ ।
सत्तारुढ दल एवं व्यवस्थापिका संसद्को ठूलो दलको रूपमा रहेको नेपाली कांग्रेसका एक प्रभावशाली नेताका रूपमा परिचित तथा वर्तमान सरकारका शहरी विकास मन्त्रीसमेत रहेका अर्जुननरसिंह केसीले सोमबार व्यवस्थापिका संसद्को बैठक चलिरहेकै समयमा आफ्नो कर्तव्य भुलेर सुर्ति मुखबाट हातमा लिएर तल फ्याँकेपछि उनको हर्कत पर्दाफास मात्र भएन उनको चर्को विरोधसमेत भएको छ ।

मन्त्री सिंह नुवाकोटबाट प्रत्यक्ष निर्वाचित सांसद् हुन् भने अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारका शहरी विकास मन्त्री रहेकै समयमा संसद् भवनभित्र देखाएको उक्त हर्कतको भिडियो भाइरलसमेत भएको छ ।

उनको कर्तव्य हो काठमाडौं शहर मात्र नभई सिङ्गो मुलुकलाई सफा र सभ्य बनाउने हो । तर, ‘शहरी विकास मन्त्रालय’को जिम्मेवारी सम्हाल्दै आएका उनी आफैँले त्यस्तो हर्कत देखाएर ठूलो भूल गर्न पुगेको छ । हुनतः त्यो मात्रै उनको बदनामीको कारक भने पक्कै होइन । केही समय अगाडि मात्र आफ्नो घर नुवाकोट पुगेको अवसरमा उनले घरमै प्रहरी बोलाएर सलामीसमेत लिएर सामाजिक सञ्जालमा पनि विरोधको ओइरो लागेको थियो ।

शहरी विकास मन्त्री सिंहको यस्तो हर्कतले अब नेपाली जनतालाई के सन्देश जान्छ र के पाठ सिक्ने नेपाली जनताले ? केही समय अघि मात्र सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले सडकमा थुक्न नपाईने र फोहोर फाल्न नपाईने, कदम कदाचित त्यसरी गल्ती गरे सजाँय दिने निर्णय गरेको महिना दिन पनि बित्न नपाउँदै शहरी विकास मन्त्रीको यो हर्कतले आम जनताले प्रश्न खडा गर्न बाध्य गरेको छ ।
भिडियो हेर्न तल लिङ्कमा क्लिक गर्नुस्
https://www.facebook.com/HancyPradeep/videos/568766106652695/


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....