प्रस्तावित राजदूतको सुनुवाई आज पनि हुँदै

प्रकाशित मिति: ९ चैत्र २०७३, बुधबार १०:३०


काठमाडौं, चैत्र ९ ।
संसद्को सुनुवाई विशेष समितिले विभिन्न पाँच मुलुकका लागि प्रस्तावित राजदूतको आज पनि सुनुवाई गर्ने भएको छ । सिंहदरबारमा अहिले १० बजेपछि बस्ने बैठकमा समितिले श्रीलंका, बहराईन, बंगलादेश, म्यानमार र साउदी अरेबियाका लागि प्रस्तावित राजदूतमाथी सुनुवाई गर्नेछ । सरकारले श्रीलंकामा विश्वम्भर प्याकुरेल, बहराईनमा पदम सुन्दास, बंगलादेशमा चोपलाल भुषाल, म्यानमारमा भीमकृष्ण उदास र साउदी अरेबियामा महेन्द्रप्रसाद सिंह राजपुतलाई सिफारिस गरेको छ ।

व्यवस्थापिका संसद् बैठक अपरान्ह ३ बजे बोलाइएकाले समितिले आजै प्रस्तावित नाम अनुमोदन गर्ने नगर्ने बारे निर्णय गर्नेछ । समितिले हिजो र अस्ति दुई दिन अष्ट्रेलिया, ओमान, कतार, डेनमार्क, जापान र कोरियाका लागि प्रस्तावित राजदूतहरूको सुनुवाई सम्पन्न गरिसकेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....