नयाँ शक्तिको ‘हिमाल–पहाड–तराई–मधेश’ राष्ट्रिय अभियान’ आजबाट सुरु

प्रकाशित मिति: ९ चैत्र २०७३, बुधबार १३:३३


काठमाडौं, चैत्र ९ ।
नयाँ शक्ति पार्टी, नेपालको ‘हिमाल–पहाड–तराई र मधेश राष्ट्रिय अभियान’ आजदेखि सुरु हुँदैछ । हिमाल, पहाड र तराई र मधेशलाई भावनात्मक रूपमा जोड्न र असन्तुष्ट पक्षहरूलाई सहमतिमा ल्याई संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको वातावरण बनाउन दवाब दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको नयाँ शक्तिले जनाएको छ ।

अभियान अन्तरर्गत चैत्र ९–१३ सम्म देशव्यापी रूपमा सभाहरू हुनेछन् । आज दिउँसो १२ बजे लहानमा सभा हुनेछ । चैत्र १० गते दिउँसो १२ बजे बर्दिबासमा र दिउँसो ४ बजे चन्द्रनिगाहापुरमा सभा हुने बताईएको छ । चैत्र ११ गते दिउँसो १२ बजे भैरहवामा र चैत्र १२ गते दिउँसो १२ बजे कोहलपुरमा सभा हुनेछ । चैत्र १३ गते दिउँसो १२ बजे धनगढीमा सभा भएपछि यस चरणको कार्यक्रम सम्पन्न हुनेछ ।

यसपछिको अर्को चरणको कार्यक्रम राष्ट्रिय तथा सामाजिक परिचालन समितिको बैठकले तय गर्ने बताइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....