विपक्षी पार्टी हाबी भए पनि वाम गठबन्धन सक्रिय भएर समृद्धि देश निर्माणमा लम्किन्छ : ज्ञानेन्द्र शाक्य (भिडियाेसहित)

प्रकाशित मिति: १७ मंसिर २०७४, आईतवार १३:४०


नेकपा एमाले र नेकपा माओवादी केन्द्र
ललितपुर क्षेत्र नं. २, ‘ख’
प्रदेश सभा उम्मेदवार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ललितपुर क्षेत्र नं. २ बाट प्रदेश सभा उम्मेदवारमा उठ्नुभएका एक जुझारु व्यक्तित्वका रूपमा परिचित रहेका ज्ञानेन्द्र शाक्यसँग लाईभ अफ नेपालले गरेको विशेष अन्तर्वार्ताको सम्पादित अंश र विस्तृतमा भिडियोसहित ।

चुनावी तालमेल मात्र हो त वाम गठबन्धन ?
होइन, यो त भोलिसम्म एकीकृत समाज निर्माण गर्ने योजनाका साथ अघि बढ्ने मजबुत आधार हो । विषेश गरी २००६ सालमा नेपालको मौलिक लोकतान्त्रिक आन्दोलन सुरुवातको क्रममा कम्युनिष्ट पार्टीको गठन भएको हो । पछि जुन खालका घटनाहरू भए कम्युनिष्ट पार्टीहरू फुट्ने प्रयास भए तर, जोडिने प्रयत्न पनि भए । त्यसै क्रममा नै कम्युनिष्ट मिल्ने प्रयत्न भएको थियो । देशको आवश्यकताअनुसार नै यो गठबन्धन भएको हो ।

प्रारम्भ त ठीक थियो तर, अहिले नयाँ तरङ्गहरू पाएका छौं नि । सुरुमा एमालेलाई तेश्रो लिङ्ग पार्टी भन्दै ट्याग गरेका थिए तर, सुरुमा गठबन्धन हुँदा उहाँ पनि सहभागी थिए । शक्तिकै लागि उहाँलाई एमाले चाहिएको होला त ?
नयाँ तरङ्ग आउनु त स्वाभाविक नै हो । तर, हामीलाई विश्वास छ, हाम्रो गठबन्धन मजबुत नै हुन्छ । बाबुरामजीको कुरामा के भन्यो, के भन्थ्यो कुरा सकिसकेको छ । अबको समयमा भनेको हामी अगाडि बढ्ने प्रयत्नमा छौं ।

वाम गठबन्धन लोकतन्त्रलाई खतरा नै हो भन्दै दाबी गर्दै आइरहेका छन् नि ?
मान्छेलाई झुलाउने प्रयास गर्दै आएको हो । वाम गठबन्धन त राष्ट्रिय आवश्यकता नै हो । मुलुकको हितको लागि आएको हो यो शक्ति । देशमा जुन अस्थिरताको समस्या छ । त्यसको अन्त्यको लागि एक भएका हौँ हामी ।

उसो भए स्थायी सरकार देलान् त वाम गठबन्धनले ?
अवश्य दिन्छ । हामी त्यसैका लागि नै जोडतोडका साथ अघि बढेका छौँ । विपक्षी पार्टी हाबी हुन सक्छ, नेपालको सन्दर्भमा व्यापक चलखेल भइरहेको छ । नेपाल विकास नचाहने शक्ति अझ सक्रिय हुन्छ तर, हामी त्यसलाई पन्छाएर अघि बढ्न हो ।

अब चुनावी सन्दर्भमै आउँ, के मा व्यस्त हुनुहुन्छ ?
चुनावी अभियानमै व्यस्त छु आजभोलि । म विकास निर्माणको कार्यमा क्रियाशील व्यक्ति भएकाले नै यो पटक पनि जनताले मलाई चुन्नुहुन्छ भन्ने मलाई विश्वास छ । हरेक विकास निर्माणमा निरन्तर लागि परेका जनता पनि म प्रति साथ र समर्थन दिनेमा म विश्वस्त छु ।

के प्रतिबद्धता लिएर जानुभएको छ ?
मूल विषय भनेकै लोकतान्त्रिक आन्दोलनबाट प्राप्त अधिकारको रक्षा नै हो । संविधानलाई कार्यान्वयन गर्ने, संयुक्त विकासका कार्ययोजना बेरोजगारी हटाउने, पर्यटन व्यावसाय फस्टाउने, आर्थिक सामाजिक समृद्धि लगायतका कामहरू हो । अर्को पुनःनिर्माण, सांस्कृतिक सम्पदाको संरक्षण र विकास कार्यलाई यथाशीघ्र तीब्र गतिमा अगाडि लैजाने आदि ।

अन्त्यमा आफ्ना क्षेत्रका मतदातालाई के भन्न चाहनुहुन्छ ?
म विनम्रताका साथ अनुरोध गर्दछु क्षेत्र नं. २ का जनतालाई, उहाँहरूले अहम् भूमिकाको सदुपयोग गर्नुहुनेछ । वाम गठबन्धन तपाईंहरूकै लागि बनेको हो । त्यसैले हामीलाई अत्याधिक मतले विजयी गराउनु हुनेछ भन्नेमा म विश्वस्त छु ।


प्रतिक्रिया

ताजा खबर

More

समाजलाई ऊजागर गरी विकृति र विसंगतिविरुद्ध आवाज उठाउन आवश्यक : डा. पुष्पराज राजकर्णिकार (फाेटाेफिचर)

काठमाडाैं, चैत २३ । नेपालभाषा एकेडेमीका भाइस चान्सलर, साहित्य समालाेचक एवं नेपाल राष्ट्र.....

पपुवा न्यू गिनीना ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी, चैत २३ । पपुवा न्यू गिनीको.....