‘संविधान संशोधनमा देखिएको लचकताले अब निर्वाचन चाहेर पनि कसैले रोक्न नसक्ने’ : जबरा

प्रकाशित मिति: ९ चैत्र २०७३, बुधबार १५:४८


भक्तपुर, चैत्र ९ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमसेर जबराले संविधान संशोधनमा देखिएको लचकताले अब निर्वाचन चाहेर पनि कसैले रोक्न नसकिने बताएको छ ।
आज आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा बोल्दै जबराले मधेशका पार्टीहरूसँग सरकारले संम्वाद गरिरहेको र हिजोदेखि २ नम्बर प्रदेशमा समेत निर्वाचन हुने सम्भावना बढेको र सबै दलहरू निर्वाचनमा होमिसकेको र संशोधन पूरा नभए पनि केही मात्रामा परिमार्जित गर्ने सहमती भएको भन्दै अब निर्वाचन कसैले चाहेर पनि रोक्न नसक्ने बताएका हुन् ।

उनले प्रतिपक्षमा बसेर सरकारको आलोचना गरेता पनि राष्ट्रियताको नारा दिएर मात्र केही नहुने र मुलुकका महत्वपूर्ण बिषयबाट अल्गिएर निकास नमिल्ने भन्दै प्रतिपक्षले मधेशलाई बाईपास गरेर अगाडी बढ्न नहुने कुरामा जोड दिएका छन् । राप्रपा संशोधनको बिरोधमा नरहेको भन्दै उनले संशोधनको बिषय नयाँ शिराबाट समेत सुरु गर्न उनले सबैलाई आग्रह गर्‍यो।

राप्रपाको एजेन्डा निर्वाचन आयोगले हिन्दु राष्ट्र र चुनाव चिन्ह झिकेर बिबाद श्रृजना गरेको आरोप लगाँउदै आफ्नो पार्टी सरकार र सडकबाट आन्दोलन गर्दै स्थानिय तहको निर्वाचनमा जाने उनले बताएका छन् । उनले मधेशी मोर्चाले सरकारलाई दिएको सम्र्थन फिर्ता लिएसँगै सरकार अप्ठेरोमा पर्ने र निर्वाचन नहुने अवस्थालाई मध्य नजर गर्दै आफूहरू सरकारमा सामेल भएको बताए ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता बिभिन्न दलहरूले उलंघन गरिरहेको बारे आयोगको ध्यान जानु पर्नेमा उनले जोड दिएका थिए । हाल न्यायलय र कार्यपालिका बीचको बिबाद आजको नभई पहिल्यैदेखि चल्दै आएको बताउँदै जबराले यो नेपालको लागि फलदायक नरहेको बताएका छन् ।

आईजीपि प्रकरणमा साधारणतय कार्यपालिकाको निर्णयमा न्यायलयले हस्तक्षेप गर्न नमिल्ने भएता पनि सप्रमाण उजुरी आएको र त्यसमा न्यायालयले गरेको निर्णय जायज रहेको उनले बताए ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....