माओवादीको केन्द्रीय बैठक सम्पन्न, आसन्न चीन भ्रमणबारे पार्टीलाई जानकारी

प्रकाशित मिति: ९ चैत्र २०७३, बुधबार १७:४८


काठमाडौं, चैत्र ९ ।
नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको बैठक पूरै पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा परिचालित गर्ने निर्णय गर्दै सम्पन्न भएको छ ।

आज दिउँसो बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमण र मधेशी मोर्चासँग भइरहेको छलफलका बारेमा जानकारी गराउँदै उनले चीन भ्रमणका क्रममा बोआओ फोरमलाई सम्बोधन गर्नुका साथै राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय भेटवार्ता गर्ने जानकारी बैठकमा दिएको पार्टी प्रवक्ता पम्फा भुषालले जानकारी दिएकी छन् ।

प्रवक्ता भुषालकाअनुसार प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने तथा औपचारिक सम्झौताका लागि आधार तयार पार्ने काम हुनेछ ।

उक्त बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा पनि छलफल भएको थियो । छलफलमा प्रधानमन्त्रीले मधेशी मोर्चासहित आन्दोलनरत पक्षसँग सहमतिका लागि भइरहेका प्रयास बारे जानकारी गराएका थिए । बैठकले संविधान संशोधनको प्रस्तावबाट सीमांकनको विषयमा अहिले दुई तिहाई पुग्न नसकेका कारण तत्कालका लागि थाती राखी भाषा, नागरिकता, निर्वाचन प्रतिशत एवं जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण र इलेक्ट्रोरल कलेजका सम्बन्धमा संशोधन अघि बढाउने निर्णय गरेको प्रवक्ता भुषालले जानकारी दिएकी छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....