विभिन्न दलका नेताहरूद्वारा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न जोड

काठमाडौं, चैत्र १० ।
मुलुकमा विद्यमान समस्या समाधानका लागि स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्नेमा विभिन्न दलका नेताहरूले जोड दिएका छन् ।
राजधानीमा बुधबार आयोजना गरेको अन्तरक्रियामा उनीहरूले राजनीतिक स्थिरताको अन्त्यका लागि संविधान कार्यान्वयन हुनुपर्ने र त्यसका लागि पनि निर्धारित समयमा चुनाव हुनुपर्ने बताए ।
नेकपा (एमाले)का नेता रघुवीर महासेठले मुलुकभित्रका आन्तरिक समस्या आपसी छलफलबाट निराकरण गर्नुपर्ने बताउँदै आवधिक निर्वाचन जनताको अधिकार भएकाले त्यसलाई रोक्न नहुने धारणा व्यक्त गरे ।
नेपाली कांग्रेसका नेता फरमुला मन्सुरले मधेशी मोर्चाका मागमध्ये सम्भव भएकालाई सम्बोधन गरी उनीहरूलाई पनि निर्वाचनमा सहभागी गराउनुपर्ने बताए ।
नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले तत्काल संविधान संशोधनमा बहुमत नपुग्ने भएकाले निर्वाचनपछि सो विषयलाई पारित गराउनका लागि सबै दल इमान्दार भई लाग्नुपर्नेमा जोड दिएका छन् ।
मोर्चाका नेता अनिल झाले संविधान संशोधन नभईकन मधेशी मोर्चा चुनावमा सहभागी हुन नसक्ने बताउँदै सबै दल लचिलो भई संविधान संशोधन पारित गरी चुनाव सम्पन्न गर्नुपर्ने विचार धारणा व्यक्त गरे ।
प्रतिक्रिया